शुक्रबार, माघ २, २०७७
Friday, January 15, 2021

भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको मृत्यु

२६ कार्तिक, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको मृत्यु भएको छ ।

संसदीय कार्यमन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित थिए । उनको बेंगलुरुस्थित एउटा अस्पतालमा उपचार हुँदै आएको थियो । आज (सोमबार) बिहान उनको मृत्यु भएको हो ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले मन्त्री कुमारको निधनमा शोक प्रकट गर्दै भनेका छन्, ‘अनन्त कुमारको निधन देशको सार्वजनिक जीवनमा निकै ठूलो क्षति हो, खासगरी कर्नाटकका जनताका लागि ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मन्त्री कुमारको निधनमा शोक व्यक्त गरेका छन् । रक्षामन्त्री निर्मला सितारमणले पनि मन्त्री कुमारको निधनमा शोध प्रकट गर्दै ट्वीट गरेकी छिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE