बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार र प्रमुख स्वकीय सचिव नियुक्त

काठमाडौं,२६ कार्तिक। प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् ।

भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले मन्त्रिपरिषदको आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिए ।

यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्रिया गर्ने तयारी भएको छ ।

प्रेस सल्लाहकार डा.अर्यालले मन्त्रिपरिषद बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तक्रिया हुने गरी तयारी भएको जानकारी दिए । उक्त अन्तक्रिया सम्भवतः हरेक बिहीबार हुनेछ ।

‘सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो,’ उनले भने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE