छुट्टछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

२७ कार्तिक, काठमाडौं । आज कारको ठक्करबाट झापाको दमकमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका-४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका-४ का ५५ वर्षिय सीतामाया खड्काको मृत्यु भएको हो ।
उनी दमक-९ मा बस्दै आएकी थिईन् । बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा १७ च ८१७२ नं.को कारले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते भएकी उनको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत नै राप्ती गाउँपालिका-१ पाखापानीमा गए राति लु २१ प ५३४८ नं.को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् । मृतकको सनाखत हुनसकेको छैन । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ । दुर्घटनामा परी प्यूठानको माण्डवी गाउँपालिका-१ कुमलटारका २० वर्षिय कमल अधिकारी घाइते भएका छन् । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE