बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

१३ वर्षिय एल्जिनाको हत्या आशङ्कामा ५ जना पक्राउ

२७ कार्तिक, गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका-३ लाफागाउँकी १३ वर्षिय बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक जनाको नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ ।

शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । उनका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शवमा कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

धरानबाट तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

घट्नाबारे अनुसन्धान भइरहेको र उनको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ ।
एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE