आज महिला फुटबल छनोटमा नेपाल-बंगलादेश भिड्दै

२७ कार्तिक, काठमाडौं । आज ओलम्पिकका लागि महिला फुटबल छनोट चरणमा नेपाल बंगलादेशसँग खेल्दैछ ।
सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदका लागि एसिया क्षेत्रको महिला फुटबल छनोटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग खेल्न लागेको हो ।
म्यानमारमा जारी छनोट प्रतियोगिताबाट दोस्रो चरणमा प्रवेश गर्न नेपालले आज दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ ।
म्यानमारको याङगोनस्थित थुवान्ना रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजेबाट खेल शुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित टिम भए पनि स्पष्ट जित भने निकाल्न सकेको छैन ।
भारत र म्यानमारसँग दुबै खेल १-१ गोलको बराबरीमा टुंग्याएको छ । बंगलादेश भने दुबै खेलमा भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीसकेको छ ।
२ खेलबाट ४-४ अंक जोडेका भारत र म्यानमार तालिकाको पहिलो र दोस्रो स्थाननमा रहेका छन् । तेस्रो स्थानको नेपालको २ अंक रहेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE