मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

कर्तव्य ज्यान मुद्दाका फरार आरोपी शेर्पा एयरपोर्टबाट पक्राउ

२७ कार्तिक,काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार आरोपी पासाङ नोर्बु शेर्पालाई महानगरीय प्रहरी वृत्त बौद्धले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक भोटेकोशी ५ का उनी भागेर दिल्ली जाँदै गर्दा एयरपोर्टबाट पक्राउ परेका हुन् । उनले २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएका थिए ।

पासाङ गाई गोरुको मासु चीन तस्कर गर्ने कार्यमा पनि संलग्न रहेको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE