मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

भाईटिका लगाइ फर्किन लागेकी बहिनी र भाञ्जीमाथी खुकुरी प्राहार

२७ कार्तिक, ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिका ३ का विवस मगरले आफैंलाई भाइटिका लगाइदिएकी बहिनी र २ भाञ्जीमाथी खुकुरी प्राहार गरेका छन् ।

दाजुलाई टिका लगाउन धनकुटाबाट आएकी बहिनीलाई मंगलबार बिहान घर फर्कन लाग्दा खुकुरी प्रहार गरेका हुन् ।
बहिनी र भञ्जीहरुलाई खुकुरी प्रहार गरे पश्चात उनले आफ्नै पेटमा खुकुरी छिराएका थिए । गम्भिर घाइते भएकी बहिनी रेनुका मगर भुजेल, भाञ्जीद्वय ८ वर्षिय कृष्टिना र ६ वर्षिय ओरिना भुजेलको जिल्ला अस्पतालमा उपचार हुन नकसेपछि काठमाडौं रेफर गरिएको छ ।

विवसको पनि उपचार भइरहेको छ । रेनुका, कृष्टिना र ओरिनाको अधिकांस चोट टाउकोमा परेको छ । गाडी चढ्न हिँड्न लागेका बहिनी र भाञ्जीलाई बिहान ५ बजेको समयमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख इनिस्पेक्टर लक्ष्मण थापा मगरले जानकारी दिए ।

जिल्ला अस्पतालले रेफर गरेकाले उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएकोे हो । खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । सबै घाइते भएको र उपचारमा रहेकाले घाइतेहरुको उपचारपछि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE