मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

प्रदेश नं.७ का सामाजिक विकास मन्त्री सोडारी मन्त्री पदबाट हटाइए

२७ कार्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मंगलबार मन्त्री पदबाट हटाइएको छ ।

मुख्यमन्त्री कार्यालय श्रोतले उनलाई हटाइएको पुष्टि गरेको छ । तर हटाइनुको कारणबारे भने प्रष्ट जानकारी दिएको छैन ।
भाइटीकाको दिन मन्त्री चढ्ने गाडी दुर्घटना भएको विषयलाई लिएर मन्त्री सोडारीलाई पदमुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस दिन से ३ प २४२० नं.को मोटरसाइकलसँग ठोक्किएर मन्त्रीको स्कारपियो जीप पूर्व–पश्चिम राजमार्गस्थित बढैपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा जीप चालक धोजेन्द्र शाह, उनकै भान्जी नाता पर्ने १० वर्षिय आयुश्मा र मोटरसाइकल चालक सुरेन्द्र चन्द घाइते भएका थिए ।

मन्त्री सोडारीको ठाउँमा प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई नियुक्त गर्ने तयारी भएको स्रोतले जनाएको छ । सुवेदी कैलाली क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

यसअघि प्रदेश नं. ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौड्यालले जिम्मेवारी पुरा नगरेको तथा आफुलाई दुरव्यवहार गरेको भन्दै हटाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE