शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

सामाजिक विकासमन्त्रीबाट हटाइएका सोडारी नेकपाको सदस्यबाटसमेत निष्कासित

२८ कार्तिक, कैलाली । पदीय मर्यादाविपरीत काम गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट हटाइएका दीर्घबहादुर सोडारीलाई नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ ।

उनलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रदेश कमिटीका एक पदाधिकारीले बताए ।

माओवादी केन्द्रसित पार्टी एकता हुनुअघि नेकपा एमाले कैलालीका अध्यक्षसमेत रहेका उनलाई पार्टीको सदस्य नरहने गरी निष्कासन गरिए पनि उनको प्रदेशसभा सदस्य पद भने यथावत रहनेछ ।

उनलाई मंगलबारै दिउँसो सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरी उनको स्थानमा अपराह्न ४ बजे कृष्णराज सुवेदीलाई प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरी सपथ गराएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE