मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

२८ कार्तिक, दिपायल । सिलगढी नगरपालिका-४ पिपल्लामा एम्बुलेन्सको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से १ च १९७८ नं.को एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका ८ वर्षिय छोरा इशानको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते इशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालका डा.राजेश बाहुनेले बताए ।

एम्बुलेन्स ब्याक गर्ने क्रममा बालक घाइते भएको एक प्रत्यक्षदर्शीले बताएका छन् । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि शैलेस्वरी अस्पताल बन्द रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE