बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

हिमालकी रानीको च्यारिटी शोबाट उठेको रकम संयुक्त एकता आवाज केन्द्रलाई प्रदान

२८ कार्तिक, काठमाडौं । प्रतिक्षित चलचित्र “हिमालकी रानी” को च्यारिटी शो सम्पन्न भएको छ ।

दर्शकहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको उक्त च्यारिटी शोमा संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ रकम प्रदर्शन गरिएको थियो । च्यारिटी शो पश्चात देशका प्रमुख शहर तथा विदेशमा चलचित्र प्रदर्शन हुने छ ।

करीब ५० जना अभिभावकविहिन बालबालिकालाई लामो समयदेखि आश्रय दिएर समाजसेवामा उल्लेख्य योगदान दिए बापत थुप्रै अवार्ड एवं सम्मानित भएका संयुक्त एकता आवाज केन्द्रका संचालक तिल बहादुर कार्कीले संचालन गरेका केन्द्रको ब्राण्ड एम्बेसडर तथा सल्लाहकारसमेत रहेकी नायिका एवं समाजसेवी शान्ता तामाङ्गको प्रमुख एवं सशक्त भूमिका रहेको चलचित्रमा सभ्य समाज निर्माण तथा रुपान्तरणको निमित्त राजनितिक क्रान्तीका साथै श्रृजनात्मक कला, साहित्यको उतिकै भूमिका रहेको छ ।

चलचित्रमा धादिङ्ग, नुवाकोट तथा रसुवा जिल्लाका तामाङ्ग तथा घले समुदायको वास्तविक संस्कार एवं परिवेशलाई चित्रण गरिएको छ । तामाङ्ग समुदायको लोपोन्मुख संस्कार एवं संस्कृतिको संरक्षणका निमित्त निर्माण गरिएको चलचित्रलाई दर्शकले रुचाएको र खुलेर सवैले प्रशंसा गरेको नायिका शान्ताले बताईन ।

लाप्साङ्गकार्पो म्यूजिक सेन्टरको तेश्रो प्रस्तुती रहेको चलचित्र हिमालकी रानीमा शान्ताका अलावा कलाकारहरु विजय लामा,प्रदीप फ्यूवा, कान्छा लामा,मर्नेन तामाङ्ग, कमल तामाङ्ग,प्रकाश तामाङ्ग कुईसेङ्ग रुम्बा, जयविर तामाङ्ग, लक्ष्मी घिसिङ्ग, जिवी घले, सोप्यत तामाङ्ग, महेन्द्र तामाङ्ग सिंह बहादुर तामाङ्ग लगायतको अभिनय रहेको छ ।

रोशन फ्यूबा तामाङ्गको लेखन तथा निर्देशने रहेको चलचित्रमा कमल तामाङ्ग, सुनानी तामाङ्ग तथा प्रशंस फुयूबा निर्माता रहेको चलचित्रको छायांकन प्रकाश तामाङ्ग तथा रोशन फ्यूबाले गरेका छन भने चलचित्रमा समावेश गीतहरु यस अघिनै चर्चामा रहेका छन् ।

लामो समयदेखि मनोरन्जन क्षेत्रमा क्रियाशिल नायिका एवं समाजसेवी शान्ता महिला अधिकार तथा समानताका निमित्त लागि पर्दै आइरेहेकी छिन् । क्रिष्टल सब रेमिट, क्रिष्टल ट्राभल्स, ललित मनि ट्रान्सफर तथा एसके ईन्टरटेनमेन्टको संचालकसमेत रहेकी नायिका पेशाले एक सफल महिला ब्यवसायी हुन् ।

मिसेज नेपाल आईकनकि विजेता एवं जुम्बा क्वीन २०१४ तथा मेन्दोमायाको संस्थापकसमेत रहेकी उनी आफू उक्त प्रतियोगीता विजेता पश्चात ईभेन्ट व्यबस्थापनमासमेत सक्रिय रहदै आएकी छिन ।

विशेष गरि तामाङ्ग तथा मंगोल जातीका संस्कार, संस्कृति तथा रितिरिवाजको संरक्षण एवं प्रवद्र्धनका निमित्त मिसेस तामाङ्ग, मिसेस गुरुङ्ग जस्ता प्रतियोगिता आयोजना गरि बहुप्रतिभाका धनी पहिचान बनाएकी नायिका शान्ताले हालै मात्र दुवईमा आयोजना भएको मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएकी थिईन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE