आइतवार, माघ ४, २०७७
Sunday, January 17, 2021

विवाद मिलाउन ७ दिनको समयसीमा

२८ कार्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तेक्वान्दो संघमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न ७ दिनको समयसीमा दिएको छ ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै समयसीमा दिएका हुन् ।

“केही दिनअघि राखेपको ११० औँ बोर्ड बैठकले विवाद समाधान गरी त्यसको जानकारी अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समाधान गर्न राखेपले निर्देशन दिएको हो”- सदस्य सचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राखेपले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा २ संघबीचको विवादका कारण जिल्ला तथा प्रदेशबाट खेलाडी छनोटमा समस्या आउने उल्लेख गर्दै २ तेक्वान्दो संघलाई तत्काल मिल्न निर्देशन दिएको हो ।

विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट गर्न नसक्ने पनि राखेपको विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE