मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

आलोचनापछि क्याबिनेटको निर्णय लुकाउनेबारे मन्त्रिपरिषदमा थप छलफल

२९ कार्तिक, काठमाडौं । क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप छलफल थालेको छ ।

क्याबिनेटको निर्णय लुकाइएको भन्दै सरकारको सार्वजनिक आलोचना बढेपछि आज मन्त्रिपरिषदले क्याबिनेट बैठकको निर्णय कसरी र कहिले सार्वजनिक गर्ने भन्नेबारे थप छलफल गर्दैछ ।

विहीबार दिउँसो बोलाइएको क्याबिनेट बैठकका प्रस्तावहरु बैठकपूर्व मन्त्रीहरुलाई उपलब्ध गराइएको छैन । गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्ताले मिडियालाई जानकारी नगराएपछि सरकारको आलोचना भएको थियो ।

क्याबिनेटका निर्णयहरु तत्काल सार्वजनिक नगरिने सरकारका वक्ता गोकुल बास्कोटाले पत्रकारहरुलाई बताएका थिए । तर, केही मन्त्रीहरुले अनौपचारिक रुपमा भने निर्णयहरुबारे जानकारी दिएपछि मिडियामा समाचार प्रकाशित भएका थिए ।

आइतबारको बैठकले भारत र मलेसियामा नयाँ राजदूत सिफारिसलगायतका निर्णयहरु गरेको थियो । बैठकमा निर्णयहरु सोही दिन सार्वजनिक गर्ने केही मन्त्रीहरुका बारेमा पनि क्याबिनेटमा छलफल हुने एक मन्त्रीले बताए ।

सरकारले बैठककका निर्णय सार्वजनिक नगर्ने भने पनि सरकारी मिडिया गोरखापत्रमै ‘मन्त्री थममाया थापाले बताइन्’ भनेर समाचार आएपछि यसबारे छलफल हुन लागेको स्रोत बतायो ।

उच्च स्रोतका अनुसार मन्त्रीहरुवीच क्याबिनेटको निर्णय तत्कालै सार्वजनिक गर्नुपर्छ भन्ने र ४८ घण्टापछि मात्रै सार्वजनिक गर्नुपर्छ भन्ने २ धारहरु देखा परेका छन् । यसैवीच सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गर्न भन्दै मन्त्रालयमा अपराह्न ४ बजे पत्रकार सम्मेलन डाकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE