देवकोटा जयन्ती

२९ कार्तिक, काठमाडौं । साहित्य कला संस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११० औँ जन्मजयन्ती मनाइएको छ ।
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानिसले सत्यम सुन्दरमको जीवन जिउनुपर्छ भनेका छन् ।
साहित्यकार राम विनयले संयोजन गरेको कार्यक्रममा देवकोटा सम्बन्धमा सीताराम नेपाल, गणेश मार्मिक, श्याम सापकोटा, किरणकेन रञ्जित, भागवत आचार्य, ख्यालमान राई, नारायण निराशी, मुकुन्द न्यौपाने, डम्बर घिमिरे र स्थानीय विद्यार्थीले कविता वाचन गरेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE