मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

पुष्पलाल चोकमा बम राखिएको शंका

२९ कार्तिक, नेपालगञ्ज । नेपालगञ्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव उत्पन्न भएको छ ।

प्लास्टिकको झोलामा शंकास्पद बस्तु बेरेर चोकमा राखिएको छ । स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेको छ । तालिम प्राप्त कुकुर प्रयोग गरी बम भए नभएको यकिन गर्ने प्रयास भइरहेको छ ।

झोला नजिकै कमाण्डर समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ । उक्त पर्चामा ३ सय मिटर टाढा रहन चेतावनी दिइएको छ ।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई आग्रह गरेको बताए । बम राखिएको स्थानलाई प्रहरीले घेराबन्दी गरेको छ । सर्वसाधारण र सवारी साधनहरुलाई त्यस तर्फ जान रोक लगाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE