बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

घातक सुई लगाएर मृत्युदन्ड

२९ कार्तिक, काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा श्रीमती र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एक जना मेक्सिकाली पुरुषलाई मृत्युदन्ड दिइएको छ ।

स्थानीय अधिकारीहरुले ६४ वर्षिय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदन्ड दिइएको जनाएका छन् ।
उनलाई सन् १९९३ मा ७ र ३ वर्षका बच्चासहित पत्नीको हत्या आरोपमा मृत्युदन्डको सजाय दिइएको थियो । उनले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए ।

त्यसको ३ दिनपछि अर्कै केटीसँग आफू अविवाहित भनी झुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेलापरेको थियो । विगत २५ वर्षसम्म वकिलहरुले रामोसलाई दिइएको मृत्युदन्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् ।

मृत्युदन्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र ५ जना मेक्सिकालीलाई मृत्युदन्ड दिइएको थियो ।

संयुक्तराज्य अमेरिकामा यस वर्ष मात्र २० जनालाई मृत्युदन्ड दिई सकिएको छ र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE