मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

ओलम्पिक छनौटमा पर्न सफल महिला फुटबल टोली स्वेदश फिर्ता,विमानस्थलमा स्वागत

२९ कार्तिक. काठमाडौं । सन् २०२० ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज (बिहीबार) स्वेदश फर्केको छ ।

टीम पहिलो पटक ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ । टिमलाई बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो ।

म्यान्मारको यांगुनस्थित थुवुन्ना रंगशालामा गत मंगलबार बंगलादेशविरुद्धको खेलमा १-१ को नतिजा निकालेर पनि नेपालले समूहमा तेस्रो भएर दोस्रो चरणको यात्रा पक्का गरेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका चार समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने ४ टिममध्येका उत्कृष्ट दुईले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियमअनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE