मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

बेरुजु रकम शून्यमा झार्न निर्देशन, फछ्र्यौट गर्नेलाई पुरस्कार प्रदान गर्ने

२९ कार्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका कार्यालयलाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा बेजुरु शून्यमा झार्ने लक्ष्यका साथ काम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले चालु आव २०७५-७६ को बेरुजु फछ्र्यौट, कार्ययोजना र मार्गदर्शन आफ्नो मातहतका कार्यालयलाई जारी गर्दै आव २०७४-७५ सम्मको शतप्रतिशत बेरुजु फछ्र्यौट गरी शून्य कायम गराउन निर्देशन दिएको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।

मन्त्रालयले चालु आवको अन्त्यसम्ममा आव २०५९-६० देखि आव २०७४-७५ सम्मको बेरुजु रकम शून्यमा झार्ने निर्देशन दिएको हो ।

बेरुजु रकम शून्यमा झार्ने योजनाअनुसार मन्त्रालयले यही मङ्सिरसम्म आव २०५९-६० देखि आव २०७४-७५ सम्म २०, पुस मसान्तसम्म ३०, जेठ मसान्तसम्म ६० र असार मसान्तसम्म सय प्रतिशत फछ्र्यौट गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले बेरुजु रकम फछ्र्यौट गर्ने कार्यालयलाई विभिन्न श्रेणीमा विभाजन गरेर पुरस्कार प्रदान गर्ने भएको छ ।
असीदेखि सय प्रतिशत बेरुजु फछ्र्यौट गर्नेलाई सर्वोकृष्ट, ५० देखि ८० सम्म उत्कृष्ट, ४५ देखि ५० प्रतिशतसम्म सामान्य र ४५ भन्दा कम फछ्र्यौट गर्नेलाई न्यून श्रेणीमा राखिनेछ ।

मन्त्रालयको आव २०७४-७५ सम्ममा १९ अर्ब ६३ करोड ६ लाख बेरुजु रहेको छ । जिल्ला समन्वय समितिको एक प्रतिशत बेरुजु राख्नु पर्नेमा ३९ प्रतिशत बेरुजु देखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE