मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

रारा नगरपालिकालाई मदिरा मुक्त क्षेत्र घोषणा गर्दै

३० कार्तिक, काठमाडौं । जिल्लाको एक मात्र छायाँनाथ-रारा नगरपालिका शनिबारदेखि मदिरा मुक्त क्षेत्र घोषणा हुँदैछ ।

गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यमा नगरलाई मधिरामुक्त घोषणा गर्न लागिएको हो । नेपालका २ सय ७६ वटा नगरपालिकामध्ये छायाँनाथ रारा नगरपालिका पहिलो मदिरा मुक्त नगरपालिकाको रुपमा चिनिने भएको छ । हिंसा र विकासको बाधक मधिरा शनिबारदेखि नगरबाट निषेधित हुने नगर प्रमुख हरिजंग शाहीले बताए ।

शनिबार आयोजना हुने मधिरा मुक्त घोषणा कार्यक्रमका निम्ती नगरले भव्य तयारी गरेको छ । नगरका १ देखि १४ वटै वडा तहबाट बाजागाजा र विभिन्न नारासहित आएको र्याली गमगढी बजार आएर महाकाली मा.वि.को चौरमा घोषणा सभा गरिने भएको छ ।

मदिरा मुक्त अभियानमा सुरक्षाकर्मी, प्रशासन, जनप्रतिनिधि, दल, नागरिक समाज, महिला, युवा, होटल व्यावसायी, ब्यापारीहरुको सहयोग रहेको नगरपालिकाले जनाएको छ ।

जिल्लामा सिलबन्दी मदिरा बिक्रीको लागि लाइसेन्स लिएका २६ जना व्यापारी वर्गले लाइन्सेन्स नगरमा बुझाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE