मलेसियामा नेपाली मजदुरको मृत्यु

३० कार्तिक, काठमाडौं । दार्चला जिल्ला मालिकार्जुन गाउँपालिका-३ घर भएका ३५ वर्षिय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।
३ वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामी बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ ।
धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताएका छन् ।
घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकाकुल भएका छन् । धामीका ८ र ४ वर्षिय २ छोरा र ३ वर्षिय छोरी छिन् । मृतकको शव नेपाल ल्याउन पहल शुरु गरिएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE