मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

वन्यजन्तुको छालासहित २ जना पक्राउ

३० कार्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले संरक्षित वन्यजन्तुको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम, आठबीसकोट नगरपालिका-५ का २३ वर्षिय विकास बस्नेत र सल्यान, बाघचौर नपरपालिका–८ का २२ वर्षिय शेरबहादुर डिसी छन् ।

उनीहरुलाई थप कारबाहीका लागि बिहीबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिए ।

वन्यजन्तुको आखेटोपहार खरिद-बिक्री तथा ओसार-पसार हुँदै गरेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२६ स्थित मित्रनगरबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद गरिएको छाला चितुवा प्रजातिको जस्तो देखिए पनि यकिन नभएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE