मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

बसको ठक्करबाट १ जनाको मृत्यु

३० कार्तिक, बेंसीशहर । आज उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

बेंसीशहर नगरपालिका-४ पुरानोकोटका ७३ वर्षिय टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोल्डेन फ्युचर एकेडेमीको ना ३ ख ७३९४ नं.को बसले विद्यार्थी पुर्याएर फर्कने क्रममा बिहान ९ः३० बजे वृद्धलाई ठक्कर दिएको थियो । स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको छ ।

मृतक गुरुङ उदिपुरबाट पुरानोकोट जाने क्रममा खहरेखोलामा स्कुल बसले ठक्कर दिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE