मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

सुशासन र भ्रष्टाचारमुक्त देश बनाउन सरकारलाई आग्रह

३० कार्तिक, काठमाडौं । जनअधिकार अभियान नेपालले मानवअधिकारसहितको सुशासन र भ्रष्टाचारमुक्त देश निर्माणका लागि सरकारलाई आग्रह गरेको छ ।

‘वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकार’ विषयक अन्तक्र्रियामा मानवअधिकारकर्मी, कानूनविद लगायत नागरिक समाजका अगुवाले सो माग राखेका हुन् ।

जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले लोकतन्त्रको स्थापनापछि देशमा भ्रष्टचारले व्यापकता पाएको र जनताको पैसाको दुरुपयोग भएको बताए ।

“लोकतन्त्रपछिको चुनावले जनतामा आशा त देखाइदिए तर यसले जनताको अधिकारलाई प्रत्याभूत गराउन सकेन”– उनले भने ।

नागरिक समाजका डा.सुन्दरमणि दीक्षितले देशमा नयाँ शासक परिवर्तन भए पनि व्यक्तिवादी चिन्तन हावी भएको बताउँदै देशका लागि सोच्ने नेतृत्वको आवश्यकता रहेको औँैंल्याए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE