जिप दुर्घटना, २ जनाको मृत्यु, १५ जना घाइते

१ मंसिर, डडेलधुरा । डडेल्धुराको भागेश्वरमा यात्रु बोेकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
भागेश्वर गाउपालिकाबाट डडेल्धुरा सदरमुकामतर्फ जाँदै गरेको म १ ज १८० नं.को जीप भागेश्वर गाउँपालिका ४ कुलानमा शनिबार बिहान साढे १० बजे दुर्घटनामा भएको हो ।
जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १५ जना घाईते भएका छन । घाईते सबैलाई उपक्षेत्रीय अस्पताल लगिएको छ ।
मृतकको शनाखात हुन सकेको छैन । जीप सडकबाट ३ सय मिटर तल खसेको प्रहरी नायव उपरिक्षक डम्बर केसीले जानकरी दिए ।
WRITE COMMENTS FOR THIS ARTICLE