मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

वेष्ट इण्डिज टि-२० महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा

१ मंसिर, काठमाडौं । घरेलु टोली वेष्ट इण्डिज महिला टि-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (शनिबार) बिहान सम्पन्न खेलमा वेष्ट इण्डिजले श्रीलंकालाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाई १ सय ८७ रन बनाएको थियो ।

वेस्ट इण्डिजका लागि हेली म्याथ्युजले ६२ रनको अर्धशतकीय इनिङस खेलिन् । उनले ३६ बलमा ८ चौंका र २ छक्का प्रहार गरिन् । त्यस्तै डिएन्द्रा डोटिनले ४९, कप्तान स्टेफानी टेलरले ४१ र नतसा म्याक्लीनले १७ रनको योगदान दिए ।

बलिङलर्फ श्रीलंकाका उदेशीका प्रबोधनी, ओस्हदी रनसिंगे र शशिकलाले १-१ विकेट दिए । जवाफमा श्रीलंका १७.४ ओभरमा १०४ रनमा आउट भयो । श्रीलंकाका कप्तान चामरी जयनगानीले सर्वाधिक ४४ रन जोडिन् । उनले ३५ बलमा ७ चौंका प्रहार गरिन् ।

त्यस्तै निलक्सी डी सिल्भाले ११ र हसिनी परेराले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् । श्रीलंकालाई सस्तैमा समेटन वेष्ट इण्डिजका हेली म्याथ्युजले ३ तथा साकिरा सिल्मन, स्टेफनी टेलर, डिएन्द्रा डोटिन, चिनेली हेन्री र अफी फ्लीटचेरले १-१ विकेट लिएका छन् ।

जितसंगै समूह ‘ए’ मा रहेको वेष्ट इण्डिजले लगातार ३ खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । शीर्ष स्थानमा रहेको वेष्ट इण्डिजले ३ खेलबाट ६ अंक जोडेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE