श्रीमती र छोराको हत्या गरी आत्महत्याको प्रयास

२ मंसिर , रुकुम । एक जना व्यक्तिले आफ्नै श्रीमती र छोराको गोली र खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका-१ बल्लेजुराका ४९ वर्षिय सत्तबहादुर बुढाले ४२ वर्षिय श्रीमती इन्द्रकला बुढा र ११ वर्षिय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।
उनले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
उनले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेका थिए । आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको छ ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरीरहेको छ । स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । उनी यसअघि ५ दिन जङ्गल बसेका थिए ।
परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको बताइएको छ । परिवारमा यसअघि पनि पटक पटक झगडा हुने गरेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE