शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

छुट्टछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । गए राति ११ बजे ३ वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि सो दुर्घटना भएको हो । मृत्यु हुनेमा बा २ ख १६५४ नं.को मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका-४ नाला बस्ने ३४ वर्षिय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षिय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

काठमाडाँैबाट भक्तपुर जाँदै गरेको बा २ क ३९३५ नं.को टिपर र सो भन्दा पछाडि बा २ ख १६५४ नं.को मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा ५ ख ३७६५ नं.को काभ्रे काठमाडौँ नगरबसले पछाडिबाट ठक्कर दिँदा मिनीट्रक उछिट्टिएर टिपर पछाडि ठोक्किदा च्यापिएर घाइते भएका मिनीट्रक चालक र सहचालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका ३ वटै सवारीसाधन र बसका चालक काभ्रे पनौतीका सुरेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुशन्धान अघि बढाएको छ । त्यसतै मध्यपुरथिमि नगरपालिका–३ नमूनाबस्तीमा भएकोे दुर्घटनामा एक जना वृद्धको मृत्यु भएको छ ।

बा ४ ख ४२१४ को पानी ट्याङ्करले ठक्कर दिँदा तेह्रथुम घर भई गठ्ठाघर बस्ने ७८ वर्षिय नेत्रप्रसाद पराजुलीको मृत्यु भएको छ । ठक्करबाट घाइते पराजुलीको उपचारको क्रममा आज विहान ८ बजे मृत्यु भएको छ भने ठक्कर दिने ट्याङ्कर चालक फरार रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE