बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

खानेपानी मन्त्रीद्वारा कञ्चनपुरका स्थानिय तहमा बजेट वितरण

२ मंसिर कञ्चनपुर । नेकपाकी नेतृ एवं खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रमा समान बजेट विनियोजन गरेकी छन् । उनको क्षेत्रमा समान दुई/दुई नगरपालिका र गाँउपालिका रहेकाे छ।

अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’मा चार करोड रकम विनियोजन गरेको थियो ।

चार करोड रकममध्ये मन्त्री  मगरले सबै स्थानीय तहमा समान रुपमा रकम विनियोजन गरेकी जिल्ला समन्वयन समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले बताए ।

पुर्नवास नगरपालिका 

पुर्नवास लामैया नाला पुल निर्माण ४० लाख रुपैयाँ, पुर्नवास कभर्डहल निर्मण २० लाख रुपैयाँ, सहिद भवन निर्माण १० लाख रुपैयाँ, भ्यू टाउर निर्माण १० लाख रुपैयाँ, दिव्य भवन १० लाख रुपैयाँ र गैसमति चर्च १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

बेलौरी नगरपालिका

बेलौरी रङ्गशाला निर्माण ५० लाख, पडाउ गाउँ कालोपत्रे १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माण १५ लाख, त्रिपुरा सुन्दरी मन्दिर निर्माण १० लाख र तटबन्ध सुतियानालामा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

लालझाडी गाउँपालिका

लालझाडीमा रानाथारु होमेष्टे/बाल उद्यान निर्माणका लागि ५० लाख रुपैयाँ, चाँदेवदेखि नन्दगाउँ सडक स्तरोन्नती २५ लाख र नन्दगाउँदेखि गडबिजलाताल सडक स्तरोन्नतीका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बेलडाँडी गाउँपालिका

कालिकिच ताल पर्यटन प्रर्बद्धनका लागि ४० लाख रुपैयाँ, वडा नम्बर ३ मा सडक स्तरोन्नती २० लाख रुपैयाँ,  सडक स्तरोन्नती १० लाख रुपैयाँ,   सिमसार संरक्षण १० लाख रुपैयाँ र रामजानकी मन्दिर निर्माणका लागि १० लाख रुपैया विनियोजन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE