शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

भारतीय जीपको ठक्करबाट ६० वर्षिय बृद्धाको मृत्यु

२ मंसिर, सिरहा । सिरहा जिल्लाको दक्षिणी सीमावर्ती माडर खैरटोकामा भारतीय जीपको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षिय बृद्धाको मृत्यु भएको छ ।

सिरहा नगरपालिका १७ खैरटोकामा बिआर ०७ पिए ९२८० नं.को जीपको ठक्करबाट घाइते भएकी पैदलयात्री स्थानीय ६० वर्षिय जमुदा खातुनको उपचारको क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट घाइते भएकी उनलाई उपचारको लागि सिरहा जिल्ला अस्पताल लगिएको थियो । प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE