मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

तामाङ दिदीभाइलाई पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि 

२ मंसिर, काठमाडौं । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले पुरुष तथा महिलातर्फ आर्मीकै नङसलदेवी तामाङले पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

प्रतियोगितामा एकछत्र राज गर्ने क्रममा रत्नजित सातौँ पटक च्याम्पियन बने बनेका छन् । शनिबार सम्पन्न योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा उनले एपिएफका दिपेश धामीलाई २१-११, २१-१६ को सहज सेटमा पराजित गरी नगद ५० हजार हात पारेका हुन् ।

त्यस्तै त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको खेलमा सेनाकै नङसलदेवी तामाङले उपाधि जित्न सफल भएकी छिन् । उनले सेनाकै रसिला महर्जनमाथि २२-२०, १५,-२१ र २१-१८ को जित निकाल्न सफल भएकी हुन् । उनले ५० हजार नगद हात पारिन् ।

राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलतर्फ सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी विजयी भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE