मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

२ मंसिर, बारा । कलैया उपमहानगरपालिका-२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान ५ बजे शौच गर्नका लागि निस्केकी ७० वर्षिय धुरपतीदेवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।

ना ९२ प ९०८६ नं.को मोटरसाइकलले धुरपतीलाई ठक्कर दिएको थियो । ठक्कर दिने कलैया उपमहानगरपालिका-२७ का २७ वर्षिय राजु मालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE