ट्रक दुर्घटनामा २ जनाको मृत्यु

२ मंसिर, कार्तिक । हेटौंडामा आज (आइतबार) भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगरमा भएको दुर्घटनामा ट्रकले किच्दा २ जनाको मृत्यु भएको हो । विरगञ्जबाट हेटौंडा आउँदै गरेको ना ६ ख ७०१७ नं.को ट्रक पल्टिदा हेटौंडा बजार आउँदै गरेको मोटरसाइकल र अटोलाई थिचेको थियो ।
ना १ ह ८९५९ नं.को अटोको यात्रु र ना ४६ प ६२१ नं.को मोटरसाइकल चालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा ४ का २० वर्षिय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा ४ की ३५ वर्षिय गंगा चेमजोङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अटो चालक फरार छन् भने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ । साँघुरो सडकको कारण ट्रक दुर्घटना हुँदा अटो र मोटरसाइकलमा सवारले ज्यान जोगाउन नसकेको प्रत्यक्षदर्शीले बताए ।
इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक अनोज रायमाझीले एउटै दिशातर्फ रहेका ट्रकले साईड दिने क्रममा अनियन्त्रित भई ट्रक पल्टीदा दुर्घटना भएको बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE