बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको हाहाकार

२ मंसिर,अत्तरिया। सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । यँहा पेट्रोल भन्दा डिजेलको अभाब बढि देखिएको छ । खेतीपातीको समयमा
डिजलको माग बढेपछि आपुर्ती हुन नसक्दा स्थानिय उपभोक्ताहरु मारमा परेका छन् । पेट्रोल ,डिजेल भर्नेको अत्तरिया चोकमा लामो लाइन बनेको छ । अत्तरिया चोकमा रहेको अमर आयलले तेल आएपनी माग बढि हुँदा छिट्टै सकिने बताएको छ ।

अमर आयलका सन्चालक सत्यप्रकाश महोपालले साँझ ७ बजे सम्ममा मात्रै तेल दिन सकिने जिकिर गरे। उनले भने ( रातभर तेल दिन सक्दैनौ , ७ बजे सम्म मात्रै तेल दिन्छौ । तर अमर आयलले तेल भएको दिन पनि साँझ चांडै आफ्नो पम्प बन्द गर्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । पेट्रोल पम्प सार्बजनिक सेवाको ब्यापार भएपनी सन्चालक गैर जिम्मेवार रुपमा प्रस्तुत भएका छन् ।

अत्तरियामा पहाडतिरबाट साँझ ५(६ बजे आउने यात्रुहरुले पनि तेल पाउंदैनन । साँझ तिर आयल निगमबाट आएको तेल पम्पमा हालेपछि अमर आयलका कर्मचारीहरुले भोली आउनु भनेर फर्काउने गरेका छन् ।
जाडोको समयमा कम्तीमा ८ बजे सम्म पेट्रोल पम्पहरु खुल्ला रहनुपर्ने उपभोक्ताहरुको माग रहेको छ । गोदावरीन्यूजबाट साभार

  •  
  •  
  •  
  • 0
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE