मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

आज प्रकाश दाहालको प्रथम स्मृति दिवस मनाईदै

३ मंसिर,काठमाडौं । तत्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य एवं युवा नेता प्रकाश दाहालको निधन भएको आज एक वर्ष पुगेको छ ।

नेकपाका अध्यक्ष प्रचण्डका एकमात्र पुत्र प्रकाशको गत वर्ष आजकै हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला प्रकाशको आकस्मिक निधन भएको हो ।

प्रकाशको स्मृतिमा प्रचण्ड निवास खुमलटारमा प्रकाश दाहाल स्मृति कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रकाशको बारेमा प्रकाशित स्मारिका बिमोचनसमेत हुने उनको परिवारले जानकारी दिएको छ । दिवङ्गत प्रकाश र उनकी दिदी ज्ञानु दाहालको स्मृतिमा निर्माण भएको प्रज्ञा स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो ।

स्मृति कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु र शुभेच्छुकहरुलाई आमन्त्रण गरिएको छ । आज नै प्रकाश दाहालका शुभेच्छुकहरुले देशका विभिन्न जिल्लामा दीप प्रज्ज्वलन लगायतका कार्यक्रम गरी स्मृति दिवसमा मनाउँदैछन् ।

वाइसिएल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम, विभिन्न खेलकूद प्रतियोगिता लगायतका कार्यक्रम गरी प्रकाश दाहाल स्मृति दिवस मनाउँदैछन् । सोमबार नै युवाहरुले माइतीघर मण्डलामा प्रकाशको स्मृतिमा दीप प्रज्ज्वलन गर्दैछन् ।
प्रकाश दाहाल लोकप्रिय युवा नेता थिए । मीडियामैत्री, सरल स्वाभाव र व्यवस्थापनका दृष्टिले असाध्यै कुशल मानिने प्रकाशका सामाजिक सञ्जालमा बीसौं लाख समर्थक थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE