शुक्रबार, बैशाख २४, २०७८
Friday, May 7, 2021

जिप दुर्घटना १ को मृत्यु, ७ जना घाइते

३ मंसिर, काठमाडौं । आज बिहान पाल्पाको रिब्दिकोट गाउँपालिका-३ सिरुखर्कमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका-३ बस्ने कमला परियारका १ वर्षिय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । लु २ च ५०३५ नं.को जिप बाग्लुङको बरेङ्ग गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा चालकसहित ७ जना घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE