मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

खखनामा ७ लाखको लुटपाट ,५ जना घाइते

३ मंसिर, महोत्तरी । सोनमा गाउँपालिका-३ खखनाको ३ घरमा गएराति डकैती भएको छ ।

डकैतीमा ७ लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार डाँकाले गएराति सोनमा गापा-३ खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर २ लाख नगद, ५तोला सुन, ३ वटा मोबाइल, १० थान साडी र अन्य गर गहनासहित ७ लाख मूल्य बराबरको धनमाल लुटेर लगेका छन् ।

१२ देखि १४ जनाको समूहमा आएका डाँकाहरुले ललिन यादवका साथै स्थानीय सत्यनारायण राय यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी ५ जनालाई घाइते बनाएका हुन् ।

उनीहरुले घरेलु हतियारबाट प्रहार गरी ललिन यादव, सुरेन्द्र यादव, सञ्जिव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई टाउकोसहित शरीरका विभिन्न भागमा काटेर घाइते बनाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE