बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

इङ्ल्यान्ड र स्वीजरल्यान्ड युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश

३ मंसिर,काठमाडौं । इङ्ल्यान्ड र स्वीजरल्यान्ड युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्रोएसियालाई २-१ ले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा इङ्ल्यान्डलाई जिताउन जेसे लिंगार्ड र ह्यारी केनले १-१ गोल गरे ।

क्रोएसियाका आन्द्रेज क्रमारीचले एक गोल फर्काए । जितसँगै इङ्ल्यान्डले लिग ‘ए’ समूह ४ बाट सेमीफाइनलमा स्थान बनाएको हो । इङ्ल्यान्डले ४ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानसमेत हाँसिल गर्यो । ४ खेलबाट ४ अंक बटुलेको क्रोएसिया भने रेलिगेसनमा परेको छ ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा बेल्जियमलाई पराजित गर्दै स्वीट्जरल्याण्ड पनि सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्यान्डले बेल्जियमलाई ५-२ गोलअन्तरले पराजित गरेको हो ।

थोगन हजार्डले १७ मिनेटको अन्तरमा २ गोल गर्दै बेल्जियमलाई उत्कृष्ट सुरुवात दिलाए पनि स्विटजरल्यान्डले खेलमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । तर रोड्रिग्वेजको गोलमार्फत खेलमा फर्किएको स्विस टोलीका लागि सेफिरेभिकले ह्याट्रिक गरे ।

३१ औं मिनेटमा खेल बराबरीमा ल्याएका उनले ४४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । खेल सकिन ६ मिनेट बाँकी छँदा उनले ह्याट्रिक पुरा गरे ।

स्वीस टोलीका लागि अर्को एक गोल निसो एलभिडीले गरे । स्वीस टोलीले ४ खेलबाट ९ अंक जोड्यो । बेल्जियमको समान अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । आईसल्यान्ड अंकविहीन हुँदै रेलिगेसनमा परेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE