इटालीमा विवाहपछि मुम्बई फर्किए रणवीर र दीपिका

३ मंसिर, काठमाडौं । १४ र १५ नोभेम्बरमा विवाह गरेका बलिउड कलाकार नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण मुम्बई फर्किएका छन् ।
इटालीमा सिमित आफन्तको साथमा विवाह गरेका उनीहरु आइतबार बिहान मात्रै मुम्बई फर्किएका छन् । उनीहरुले मिडिया र फ्यानलाई अभिवादन गरे । सिउँदोमा सिन्दुर लगाएर सजिएकी दीपिका आकर्षक देखिएकी थिईन् । उनीहरुले मुम्बई र बैंगलोरमा भव्य भोज दिने भएका छन् ।
यसैविच, दीपिका र रणवीरले मुम्बइको बान्द्रा इलाकामा ५० करोडको घर किनेको चर्चा भारतीय मिडियामा चलेको छ ।
उक्त घरमा बस्ने तयारीमा उनीहरु रहेका छन् । शान्त र समुन्द्रकोसमेत दृश्य देखिने घर खोजेको यो जोडीले महंगो रकम तिरेर घर किनेको छ । ५ वर्षको लामो प्रेम सम्बन्धपछि उनीहरु विवाह गर्ने निर्णयमा पुगेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE