शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

१०१ वर्षिय भगवतीलाई पहिलो राष्ट्रिय परिचय पत्र

३ मंसिर, काठमाडौं । सदरमुकाम फिदिमवाट राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु भएको छ ।

गृहमन्त्री रामवहादुर थापा (वादल) ले फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वषिय भगवतीदेवी भण्डारीलाई पहिलो परिचयपत्र दिएर वितरण शुरु गरेका हुन् ।

परिचयपत्र पाउने दोश्रो नागरिक गृहमन्त्री थापा आफैं हुन् । उनलाई भगवतीले परिचयपत्र दिएकी थिइन् ।
बसिबसि परिचय पत्र बझेकी उनलाई परिचयपत्र वुझ्न परिवारका सदस्यले फिदिम ल्याएका थिए ।

प्रदेस नं.१ का मुख्य मन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, गृह र प्रधानमन्त्री कार्यालयका सचिवलगायतको उपस्थितिमा वितरण कार्यक्रममा भएको थियो ।

पहिलो दिन सोमवार ५० वटा कार्ड बाँड्ने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार पाँचथरका लागि २ हजार ४ सय २९ वटा परिचयपत्र कार्ड ल्याइएको छ ।

अरु छपाईको क्रममा रहेको छ । सूचना संकलनमा भने ५२ हजार ७ सय ५४ जनाको गरिएको छ । यो आइतवार साँझसम्मको तथ्यांक हो । सूचना संकलनको काम गत असार ५ गतेदेखि भएको हो । सिंहदरवारमा ३२ सयको सूचना संकलन गरिएको उनले बताए ।

यो कार्यक्रम पाँचथरवाट सुरु भएको हो । छपाई भएर ल्याएको कार्ड खोल्ने बित्तिकै सम्वन्धित ब्यक्तिको मोवाइलमा म्यासेज जाने भएकाले सोमवार कार्ड प्राप्त गर्ने सबैले सूचना पाइसकेको न्यौपानेले बताए ।

दोश्रो चरणमा झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ, स्याङजा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, कञ्चनपुर र अछाम गरी १५ जिल्लामा विवरण हुने उनले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE