हतियारसहित २ युवक पक्राउ

३ मंसिर, काठमाडौं । २ जना युवाहरु राजधानी काठमाडौंबाट हतियारसहित पक्राउ परेका छन् । सर्लाही लालबन्दी नगरपालिका ३ का २७ वर्षिय भुवन परियार र अर्का २७ वर्षिय मनपरन चौधरी हतियारसहित पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नं.३२ जडिबुटी ढुङ्गेधाराबाट आइतबार साँझ पक्राउ गरेको हो ।
उनीहरुबाट घरेलु रिभल्वर १ थान, नाईट्राभेट ५६ एम्पुल र २ थान मोबाइल सेट बरामद गरेको छ ।
उनीहरु चढेको ज ११ प ४८६६ नं.को मोटरसाइकल जाँच गर्ने क्रममा हतियार फेला परेको बताइएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE