मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

हत्यारा सार्वजनिक गर्नुपर्ने भन्दै धनगढीमा प्रदर्शन

३ मंसिर,धनगढी । गत शुक्रबार धनगढीको उत्तरबेहेडीमा हत्या गरिएका विजय थापाका परिवारहरुले हत्यारालार्इ सार्वजनिक गर्नुपर्ने भन्दै धनगढीमा प्रर्दशन गरेका छन् । प्रहरीको निस्कृयताले न्याय पाउँन ढिलाइ भएको भन्दै प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरेको पीडित परिवारको आरोप छ ।

हत्यारालाई सार्वजनिक गरी कारबाही गर्न माग गर्दै संघर्ष समिति मार्फत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । न्याय नपाउँदा सम्म शव नबुझ्ने पीडित परिवारले बताएका छन् ।

शुक्रबार राति ९ बजे थापाको हत्या भएको थियो । हत्या आरोपमा आशिष सेठी पक्राउ परेका छन् । प्रहरीले उनलाई घटना स्थलबाटै पक्राउ गरेको हो । सेठी पक्राउ परेपनि घटनाबारे प्रहरीले थप तथ्य सार्वजनिक गरेको छैन । प्रहरीको ढिला सुस्तीले न्याय पाउने बिषयमा अन्यौलता रहेको मृतकका आमा सिता थापाले बताइन् ।

प्रहरीलाई दवाव दिन पीडितले विजय थापा न्यायिक संघर्ष समिती गठन गरेका छन् । पीडितलाई न्याय र दोशीलाई कारबाहिका लागि संघर्ष समिति मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिका संयोजक प्रेमबहादुर धामीले बताए ।

¥याली सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिईएको छ भने मंगलबार दिउँसो १२ बजेदेखि अनिश्चितकालीन कैलाली बन्द गर्ने निर्णय भएको छ’ संर्घष समितिका संयोजक धामीले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का आशिष सेठी विरुद्ध कर्तव्य ज्यान मुद्धामा जाहेरी दर्ता भएको छ । उनीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा एक ब्यक्ति मात्रै संलग्न नरहेको प्रहरीको अनुमान छ । ‘सबै ढंगबाट अनुसन्धान भइरहेको छ, सत्य तथ्य चाडै सार्वजनिक हुन्छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक हरि वलीले दाबी गरे । वलीले हत्यामा संलग्न रहेका कसैले पनि उन्मुक्ति नपाउँने दाबि गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE