सोमवार, जेष्ठ ३, २०७८
Monday, May 17, 2021

सिकागोको एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु

४ मंसिर, काठमाडौं । अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ ।सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट अस्पतालका २ महिला कर्मचारी, एक जना प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ ।

प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको मृत्यु भएको बताइएको छ । ज्यान गुमाउने २ महिला मध्ये १ जना डाक्टर र अर्की १ पारामेडिकल असिस्टेन्ट रहेको सिकागोका मेयर राहम इम्यानुयलले जानकारी दिएका छन् ।

घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् । आक्रमणकारीले आफू प्रेम सम्बन्धमा रहेकी महिलालाई निशाना बनाएको बताइएको छ ।

तर घटनाको उद्देश्य स्पष्ट नभएको अधिकारीहरुले बताएका छन् । उनले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कयौं राउन्ड गोली चलाइएको एजेन्सीमा उल्लेख छ ।

  •  
  •  
  •  
  • 0
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE