मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

ट्रयाक्टर दुर्घटनाले चौधरी गाउँ मर्माहत, घाइतेको उपचारका लागि आर्थिक समस्या

४ मंसिर, उदयपुर । ट्याक्टर दुर्घटनामा परी ३ जनाको मृत्यु र ३२ जना गम्भीर घाइते भएपछि उपचारको अभावले तपेश्वरीका थारु बस्तीमा शोक छाएको छ ।

घाइतेको उपचारका लागि चाहिने आर्थिक सामस्य, मंसिरको महिना सबैलाई बाली थन्काउने चटारो, तर त्यही बेला घाइतेको उपचार गर्नमै गाउँ व्यस्त रहेको छ ।

केही दिनअघि बनभोज खाएर फर्किएको ट्रायक्टर दुर्घटनाले उदयपुर बेलका-२ का पुरै चौधरी गाउँ मर्माहत र स्तब्ध छ । गत कार्तिक २५ गते ६ वर्ष देखि २० वर्षसम्मका बालबालिका र युवा देउसी भैलो खेलेर संकलित रकमबाट ३५ जनाको समूहमा सप्तकोसीको चतरामा वनभोज खान गएका थिए ।

फर्कदा उनीहरु चढेको ट्याक्टर बेलका-रंगमहलमा अनियन्त्रित भई दुर्घना भएको थियो । त्यस घटनामा १९ वर्षकी दिपिका चौधरी, २० वर्षका इन्द्र चौधरी र १९ वर्षकी बिनिता चौधरीको घटना स्थलमै ज्यान गएको थियो ।

घाइतेमध्येका प्रतीक चौधरी, बिपासा चौधरी, प्रज्वल चौधरी, असोक चौधरी, शुसीला चौधरी, देविका चौधरी, कबिता चौधरीको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा र दीक्षा चौधरीको न्यरो अस्पताल, मन्दिरा चौधरीको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

सबैको टाउकामा गम्भीर चोट लागेकाले केहीको बाहेक सबैको सल्यक्रिया अनिवार्य रहेको चिकित्सकहरुले बताएका छन् ।
एक जना घाइतेको न्यूनतम ५ लाख खर्च लाग्ने भएकाले खर्च जुटाउन सकस रहेको पीडित परिवारहरुले बताएका छन् ।

सुख-दुःखमा साथ दिन्छौ भन्ने जनप्रतिनिधिले अस्पतालमा सहानुभुति बाहेक आर्थिक सहयोग नगरेको पिडित परिवारको गुनासो छ । पीडित ढोडन चौधरीले भने,‘आफ्ना ४ जना छोरी दुर्घटनामा परे, एक जनाको घटना स्थलमै मृत्यु भयो, २ जना अस्पतालबाट डिस्चार्ज भइसके पनि १ जनाको अवस्था गम्भीर रहेको छ, उपचार खर्च जुटाउन कठिन भइरहेको छ ।’ ‘मर्ने त मरिगए बाँच्नेसमेतको इलाज गर्न नसकिने भयो’, मृतक इन्द्र चौधरीका बुवा शिवशंकर चौधरीले भने ।

चुमनारायण तबदारको पहलमा आफुहरुलाई नोबेल मेडिकल कलेजले गुन लगाएको पीडित दिपनारायणले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE