मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

सुदूरपश्चिमको मौलिक पर्व : सुदूरमा जाँत पर्वको रौनक

४ मंसिर,धनगढी । तिहार सकिए लगत्तै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यतिबेला जाँत पर्वको रौनक सुरु भएको । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुला,बझांग,बाजुराका विभिन्न मन्दिरहरुमा कार्तिक शुक्लपक्षमा जाँत पर्व मनाउने गरिन्छ ।

कार्तिक शुल्क पक्षको प्रतिपदादेखि पूर्णिमासम्म देवी भगवतीका शक्तिपीठ तथा मन्दिरमा धुमधामसंग जाँत पर्व हुने गर्छ । कार्तिक शुक्ल पक्ष सुरु भएसँगै डोटीको श्री शैलेश्वरी मन्दिर, बडि केदारमा लगाएतका मन्दिरहरुमा जाँत पर्वको रौनक सुरु भएको छ ।

त्यसैगरी बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी, बाह्र ज्योतिर्लिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवेणीधाम (राताशीला) मन्दिरमा जाँत मनाउने गर्छछन् ।
दार्चुलाको मालिकार्जुन, लटिनाथ मन्दिर,डडेल्धुराको उग्रतारा मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
अछामको कालिका मन्दिरमा पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । यसलाई ‘डौठेगडा जात्रा’का नामले पनि चिनिन्छ ।

धार्मिक मानयता सार शरद ऋतु देवीदेवताहरूको पूजाउपासना गर्ने उत्तम ऋतुको रूपमा मानिन्छ । त्यसैले कातिक शुक्ल पक्षमा देवीदेवताहरूको पूजाआजा, ब्रतउपासना गर्ने पौराणिक कालदेखि नै धार्मिक परम्परा रहेको छ । कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको डोटीका बरिष्ठ कलाकार धन बहादुर मल्ल बताउछन् । मल्लका अनुसार ‘असोज दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठहरुमा सामूहिक पूजाआजा गर्ने चलन रहेको छ ।

  • 565
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    565
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE