मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा रेग्मी नियुक्त

४ मंसिर,काठमाडौं । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.पुण्यप्रसाद रेग्मी मनोनित भएका छन् ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले दैलख नारायण नगरपालिका–३ का रेग्मीलाई उपाध्यक्षमा मानोनित गरेको हो ।

युवा स्वरोजगार कोषको कार्याकारणी उपाध्यक्ष भैसकेको रेग्मी कृषि तथा अर्थ विज्ञ समेत हुन् । लामो समयदेखि कृषि क्याम्पस रामपुर चितवनमा प्रध्यापकका रुपमा कार्यरत उनी कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा प्रमुख आर्थिक सल्लाहकार थिए ।

त्यस्तै दैलेखका योगेन्द्र शाही र हुम्लाका डा.दीपेन्द्र रोकायालाई कर्णाली प्रदेशको योजना आयोगको सदस्यमा मनोनित गरेको कर्णाली प्रदेश सरकारका प्रवत्ता विमला केसीले जानकारी दिइन् ।

राष्ट्रिय युवा नीति कार्यदलका संयोजकको भूमिका निर्वाह गरेका शाही विश्व युवा परिषदको उपाध्यक्षसमेत भैसकेका छन् । उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्र तथा ग्रामिण विकास र द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका छन् ।

आयोगको अध्यक्षमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । आयोगको सदस्यमा प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE