आइतवार, माघ ४, २०७७
Sunday, January 17, 2021

विमान खरिदमा भएको अनियमितताबारे छानबिन गर्न माग

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइड बडी विमान खरिद गर्दा अनियमितता भएको भन्दै त्यसको छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिको बैठकमा माग गरेका छन् ।

उनले कांग्रेस पार्टीको बैठकले नै वाइड बडी खरिदमा अनियमितता भएको ठहर गरेकोले यसको खरिद प्रकृयामा छानबिन हुनुपर्ने बताए ।

उनले भने,‘हरेक दिन जसो मिडियामा विमान खरिदमा अनियमितता भएको भनेर कुरा उठिरहेको छ । यस्तोमा हामी चुपचाप लागेर बस्न मिल्दैन । छानबिन गर्नुपर्छ’ ।

सोमबार चाडबाडको समयमा चिनी लगायतका उपभोग्य वस्तुको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा सांसद रिजालले विमान खरिदको विषय उठाएका हुन् ।  सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसकै सांसद भरतकुमार शाह अध्यक्ष रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE