शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटनेक्रम रोकिएन 

४ मंसिर, काठमाडौं । साताको सुरुदेखि नै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटनेक्रम रोकिएको छैन ।

आइतबार दोहोरो अंकले घटेको परिसूचक सोमबार करिब ६ अंकले घट्यो । आज ८.५४ अंकले घटेर ११ सय ८१.०८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज कूल कारोबार रकममा पनि गिरावट आएको छ । हिजो २१ करोड २९ लाखको शेयर कारोबार भएकोमा आज १७ करोड ४९ लाखमा सिमित छ ।

अनलाइन कारोबार प्रणाली सञ्चालन पश्चात शेयर कारोबारको आकार वृद्दि हुने अपेक्षाका बावजुत परिसूचक र कारोबार नकारात्मक नै रहँदै आएका छन् ।

१४५ कम्पनीका ५ लाख ६६ हजार ६६९ कित्ता शेयर खरिद विक्री भएका छन् । समूहगत कारोबारतर्पm उत्पादनमूलकबाहेक सबै समूह ओरालो लागेका छन् ।

सो समूह ७.२२ अंकले बढेको छ । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ५८.५६ अंकले घटेको छ । जीवन बिमा समूह २७.८८ अंकले घटेको छ । बैंकिङ समूह ९ अंकले घटेको छ ।

कारोबारमा आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडका २ करोड ३७ लाख ९९ हजार रुपैयाँका शेयर किनबेच भएका छन् । दोस्रोमा ८० लाख ४१ हजार रुपैयाँका शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE