बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

चाकरी र घुस रकम र्पुयाउन नसक्दा राजीनामा

४ मंसिर, काठमाडौं । वीर अस्पतालका न्युरो सर्जन डा.ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्रमा चाकरी र घुस दिन नसकेको उल्लेख गरेका छन् । सोमबार पदबाट राजीनामा दिएको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ ।

‘पूर्वाग्रह साथ दुख्ख दिएको र चाकरी र घुससमेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छु’ उनको राजीनामा पत्रमा भनिएको छ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई अधिकारीले बुझाएको राजीनामामा विगत एक वर्षदेखि वीर अस्पतालको न्यूरो सर्जरी विभागमा तलव विहिन भएर काम गर्दै आएकोसमेत उल्लेख गरेका छन् ।

आफूमाथि पूर्वाग्रह राखिएकोसमेत उनको आरोप छ । ‘वीर अस्पतालले बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा मेरो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दुख्ख दिएकाले राजीनामा दिएको हुँ,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE