मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

विकास समितिको बैठक स्थगित

४ मंसिर, काठमाडौं । आवश्यक संख्यामा सांसदहरु उपस्थित नभएपछि प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ ।

मंगलबार राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बोलाइएको बैठक ‘कोरम’ नपुगेपछि स्थगित भएको हो ।

बिहान ११ बजे बोलाइएको बैठकमा १२ बजेसम्म पनि बैठक सञ्चालन गर्न आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको हो ।
मंगलबारको बैठकमा पुनः निर्माण प्राधिकरणको प्रगतिबारे जानकारी दिन राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाइएको थियो ।

समितिका सभापति कल्याणीकुमारी खड्काले बैठक बस्नका लागि आवश्यक सांसद संख्या नपुगेपछि समितिको कार्यसंचालन विधि कार्यान्वयनका लागि स्थगित गरिएको जानकारी दिइन् ।

२७ सदस्य सांसदमध्ये हाल एक जना सांसद हरिनारायण रौनियारलाई संसद सचिवालयले निलम्बन गरेकाले समितिमा २६ जना सांसद छन् ।

कोरम पुग्न सांसद संख्याको ५१ प्रतिशत अर्थात १४ जना आवश्यक पर्नेमा १३ जना सांसद मात्र उपस्थित भएका थिए । विकास पूर्वाधार र बजेटका दृष्टिकोणले विकास समिति निकै महत्वपूर्ण मानिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE