मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

बस दुर्घटना, २ जनाको मृत्यु, ३० जना घाईते

५ मंसिर, परासी । पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०९६ नं.को बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३३ वर्षिय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE